०२ असार काठकाण्डौं । कोरोनाको महामारी संगै लगाइएको निषेधाज्ञाले डिजिटल भुक्तानी मार्फत हुने कारोबारमा कमी आएको छ । निषेधाज्ञा अघिको समय र निषेधाज्ञा जारी पछिको तुलनामा डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।
गएको चैत महिनाको तुलनामा वैशाख महिनामा मात्र कारोबार रकममा साढे दुई अर्बभन्दा बढीले कमी आएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ मा उल्लेख छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार निषेधाज्ञा सुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा सुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट मार्फत हुने कारोबार रकममा कमी आएको हो ।
गत चैतमा डिजिटल भुक्तानीमार्फत एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।