शेयर बजारमा जोखिमपूर्ण कम्पनीको सूची बोर्डद्धारा सार्वजनिक

०२ असार काठमाण्डौं । धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिमपूर्ण कम्पनीहरुको नामावली नेपाल धितोपत्र बोर्डद्धारा सार्वजनिक भएको छ। बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु नामावली सार्वजनिक गरेको हो ।

विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका,मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका बर्तमान वित्तीय क्षमताको मूल्यँकन समेतका आधारमा कम्पनीहरु जोखिमपूर्ण रहेको बोर्डको ठहर रहेको छ ।

यस्ता कम्पनीमा बीमा कम्पनी, हाइड्रोपावर, फाइनान्स कम्पनी र माइक्रोफाइनान्स परेका छन । उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बोर्डले जानकारी गराएको छ ।

जोखिम रहेका ५१ वटा कम्पनीहरुको सूची यहाँ क्लिक गरेर पनि हर्न सकिन्छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्