०२ असार काठमाण्डौं । असार १० गते बाट एनआइसी एसिया कयापिटलको एनआइसी एसिया सेलेक्ट-३० फन्ड बिक्रिमा आउने भएको छ । क्यापिटलले १ अर्व रुपैयाँ बराबारको १० करोड इकाई बिक्रि खुल्ला गर्ने भएको हो । जसमा ८ करोड ५० लाख इकाईमा सर्वसाधाराणले आवेदन दिन पाउनेछन् भने बाँकी १ करोड ५० लाख इकाई कोष प्रवद्धधक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ ।
लगानीकर्ताले असार १४ गते सम्ममा न्यूनतम १०० इकाई देख अधिकतम १ कारोड इकाईसम्म आवेदन दिन पाउनेछ । असार १४ गते सम्म सबै इकाई बिक्रि नभएमा थप समय असार २४ गते सम्म खुल्ला रहने श्रोतले जनाएको छ ।
तोकीएको समय अवधिमा प्रति इकाई १० रुपैयाँको दरमा लगानीकर्ताले सी-आस्वा सेवा प्राप्त बैंक तथा वित्तिय सँस्थाबाट आवेदन सक्नेछन् । यसमा बिक्रि प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
यहाँ कमेन्ट गर्नुहोस्