असाढ़ १ एजेन्सी__ अस्ट्रेलियाको पर्थमा बस्ने जुम्ल्याहा दिदीबहिनी आन्ना र लुसी डिसिन्क विगत एक दशकदेखि एउटै पुरुषसँग प्रेमसम्बन्धमा थिए । अहिले आएर उनीहरूले ती पुरुषसँग टीकाटालो गरेका छन् ।
बेन बर्न नामक ३७ वर्षीय ती पुरुषले जुम्ल्याहा दिदीबहिनीलाई विवाहका लागि प्रपोज गरेका हुन् । रियालिटी टीभी सिरिजन एक्सट्रिम सिस्टर्सको ताजा एपिसोडमा प्रपोज गरिएको हो ।
बिजुलीको काम गर्ने बेनले दिदीबहिनीलाई उस्तै खालको औंठी लगाएका थिए । औंठी लगाइदिएर उनले दुवैजनालाई माया गर्छु भने । आन्ना र लुसी दुवैजना एकैपटक गर्भवती हुने कोशिश गरिरहेका छन् । एउटै पुरुषबाट एकैपटकमा गर्भवती हुन गाह्रो भएको उनीहरू स्वीकार गर्छन् । बेनमाथि बढी दबाब पर्ने उनीहरूको भनाइ छ ।
यहाँ कमेन्ट गर्नुहोस्