रुखको हागाँ लागेर मृत्यु हुनेको परिवारलाई बन उपभोक्ता समितिले ५ लाख दिइने

०१ असार उदयपुर । उदयपुरमा रुखको हागाँ लागेर मृत्यु हुने सरोज राईको परिवारलाई सम्बन्धित बन उपभोक्ता समितिले ५ लाख दिइने भएको छ । समितिको लापरबाहीका कारण ज्यान गुमाएको भन्दै मृत्तक राईको परिवारले लाश जिम्मा लिन अस्वीकार गरेको थियो । २ दिन सम्म लाश नउठाए पछि समिति र परिवार विच आपसी सहमतिमा क्षतीपुर्ती स्वरुप ५ लाख दिने सहमति भएको हो ।

मृत्तक राई मजदुरीको रुपमा उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित बागेश्वरी सामुदायिक बनभित्र रुख काट्ने क्रममा ज्यान गुमाएका थिए ।

सोमबार सहूहका पदाधिकारी, मृतक परिवार र आफन्त बिचमा छलफलपछि परिवारलाई ५ लाख उपलब्ध गराउने सर्तमा उनीहरुले लाश बुझेको मृतकका परिवारले जानकारी दिए । मृत्तक परिवारलाई तत्काल समितिले २ लाख रुपैया उपलब्ध गराइसकेको छ भने बाँकी ३ लाख एक हप्ताभित्र दिने सहमति भएको बन समितिका अध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिए ।

दुई पक्षबीच सहमतिपछि मृतकका परिवारले शव बुझी स्थायी घर खोटाङस्थित हलेसी–तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङ लगिएको छ । मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ ।

यो पनि पढ्नुस ।

उदयपुरमा रुखको हाँगाले लागि एकको मृ*^त्यु

यहाँ कमेन्ट गर्नुहोस्