जेष्ठ ३१ काठमाडौँ__जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन विभिन्न मझौला नदीहरूमा आकस्मिक बाढी आउनसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही स-साना नदीजलाधारमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
यहाँ कमेन्ट गर्नुहोस्