रेल सञ्चालनका लागि तयार हुन निर्देशन : मन्त्री नेम्वाङ

३१ जेठ काठमाण्डौ । कोभिड-१९ को महामारी कम भएपछि जनकपुर-जयनगर रेल सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताउनु भएको छ । रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुन लगायतका सम्पुर्ण तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनको सचिवालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड-१९ को महामारी सामान्य हुनेबित्तिकै रेल सेवा सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल रेल्वे कम्पनीलाई निर्देशन समेत दिनु भयो । यस्मा सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।

रेलमार्ग निर्माणका क्रममा विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान खोज्न रेल विभागलाई निर्देशन दिँदै, रेल सञ्चालन हुन लागेको स्थानसम्म पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने मन्त्रि नेम्वाङले बतउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्