ष्ठ ३० वीरगंज__ पर्सा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले (डिसिसिएमसी) निषेधाज्ञाको अवधि पुनः थप गरेको छ ।
बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि छैठो पटक थप्दै असाढ़ ६ गतेसम्मका लागि थप गरिएको डिसिसिएमसीका सदस्य एवम् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ ।
डिसिसिएमसीका संयोजक एवम् पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आइतवार बसेको बैठकल निषेधाज्ञाको अवधि थपेको हो ।
खाद्य, औषधी तथा अतिआवश्यक पसलहरुलाई दिउँसो १२ बजेसम्म खोल्न दिने पनि बैठकले निर्णय गरेको छ । यस्तै मोटरसाइकल बाहेक सवारी साधन नचल्ने तथा विकास निर्माणको काम गर्न भने छुट दिइएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्