३० जेठ काठकाण्डौं । गएको बर्ष भन्दा यस बर्ष बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानबाट बच्न सुरक्षा अपनाउन सम्बन्धित सबै पक्षलाई जल तथा मौसम विज्ञान विभागले पुनः सुझाव दिएको छ। यति बेला मनसुन देशभर क्रमशः सक्रिय भइरहेका छ ।
विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्ति अनुुसार यो बर्ष बाढी तथा पहिरोको जोखिम बढी हुने सम्भावना रहेको छ । साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुन अवधिभर सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन समेत बिज्ञप्तीमा अनुरोध गरिएको छ ।
मौसम विभागका अनुसार मनसुन अवधिमा प्रदेश नम्बर १ का मध्य तथा पश्चिम पहाडी र हिमाली भेगमा र बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।
यसैगरी प्रदेश नम्बर १ को तराई र प्रदेश नम्बर १ का पूर्वी जिल्लामा, प्रदेश नम्बर २ को पश्चिमी भेगमा साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराईका जिल्लाहरुमा सरदर वर्षा हुने तथा सरद भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।