जेष्ठ २९ काठमाण्डौ__ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक जारी रहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक जारी रहेको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिधारित मिति परिवर्तन गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने बुझिएको छ ।
केन्द्रीय सदस्य एनपी साउदले बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति परिवर्तन गर्न केन्द्रीय समितिमा सिफारिस गर्नेछ । गत फागुन ६ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ ७—१० गते महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक कार्यतालिका पनि तय गरेको थियो ।
नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुरुप कांग्रेसको महाधिवेशन आगामी भदौ १९ गतेभन्दा पर सार्न सकिन्न । तसर्थ ७ गतेबाट बढाएर १९ गतेसम्म सार्न पदाधिकारी र पूर्वपदाधिकारी बैठकले केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।
यहाँ कमेन्ट गर्नुहोस्