२९ जेठ काठकाण्डौं । यस वर्षको मनसुन प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा भित्रिएको छ । पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेश हुदै मंगलबारसम्म देशव्यापी फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण मौसमविद्हरूले गरेका छन् भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जनाएको छ । अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सम्पुर्णमाआग्रह गरेको छ ।
साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।
विगत वर्षभन्दा यस बर्ष नेपालमा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।