![](https://www.amurtaonline.com/wp-content/uploads/2021/06/KP_oli_mar13.jpg)
२९ जेठ काठकाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हत्या गर्ने दिएको अभिव्यक्ति प्रति नेकपा एमालेले गम्भिर रुपमा लिएको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक र आपत्तिजनकको संज्ञा दिएको छ ।
‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको प्रदेश सांसद वैद्यको अभिव्यक्ति आपराधिक र निन्दनीय’ रहेको विज्ञप्तिमा उल्लेख छ ।
वैद्यले दिएको अभिव्यक्तिको भत्सना गर्दै नेकपा एमालेले फौजदारी कानुन अनुसार कारवाहीका लागि माग गरेको छ भने सम्बद्ध राजनितीक दलको समेत ध्यान आर्कषण गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्