बरुवाखोलाको क्षेतिग्रस्त तटबन्ध मर्मतसम्भारको काम सुरु

३ माघ  उदयपुर ॥

गाईघाट बजारको रक्षा कबजको रुपमा रहेको ढिम्कीस्थित बरुवा खोलाको क्षेतिग्रस्त बाधको मर्मत संभारको काम सुरु भएको छ ।गत असारमा आएको बाढीले बाध क्षेतिग्रस्त तुल्याएको थियो ।

झन्डै ४४ बर्ष अघि निर्माण गरिएको बरुवा खोलाको बाध लामो समय पछी मर्मत संभार हुन लागेको हो । गाईघाट बजारलाई बरुवा खोलाको बाढीबाट जोगाउनकोलागि ढिम्की देखि तल बरुवा पुल सम्मको पुर्ब पट्टीको नदि किनारमा तटबन्ध गरिएको थियो ।

नदिमा आउने बाढीले बर्षेनी तटबन्धलाई क्षेती पुर्याउदै आएकोमा गत असारमा आएको भीषण बाढीले बाधलाई निकै ठुलो क्षेती पुर्याएको थियो । बरुवा बाध मर्मत संभारकोलागि संघीय सरकारले १ करोड रुपैया उपलब्ध गराए पछी काम सुरु गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

आज बुधबारबाट तटबन्ध मर्मतसम्भारको काम सुरु गरिएको र माघ महिना भित्रै सबै काम पुरा हुने नगरपालिकाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्