२६ पौष उदयपुर ॥
बुर्जाकान्ला-पात्लेबास-लालपत्ता धनचक्रे सडक निर्माणको काम अलपत्र परेको छ ।त्रियुगा नगरपालिका ५ दमौटी स्थित उक्त सडक खण्ड निर्माणमा सङ्लग्न ठेकेदारले सुस्त गतिले काम गर्दा तीन पटक म्याद थप गरीदा समेत काम प्रभावकारी ढंगले अघि बढन सकेको छैन ।
२०८० भदौ ३१ गते काम सक्ने गरि एससिएफ -बिएनएस जेभी लहानले ठेक्का पारेको उक्त सडक निर्माणको लागि २०७९ साल असोज १ मा जिल्ला पुर्बधार कार्यालय उदयपुर सङ सम्झौता भएको थियो ।
प्रदेश सरकार भौतिक पुर्बधार बिकास मन्त्रालयको १८ करोड ७५ लाख ८४ हजार ८६ रुपैयाको लागतमा २० किलोमिटर ग्राभेल सडक निर्माण गर्नु पर्नेमा निर्माण कम्पनीले अहिले सम्म ९ किमि सडक मात्र ग्राभेल गरेको छ ।
राम्रो र सजिलो काम गरेर झन्डै ९ करोड रुपैया भुक्तानी लिएर ठेकेदार सम्पर्कबिहिन भए पछी पुर्बधार कार्यालयले सम्पर्क आउन निर्माण व्यावसायिलाई ५ दिने पत्र काटेको छ । ठेकेदारले काम निकै सुस्त गतिले गरेकोले मैले अब अन्तिम पटकको लागि पत्र काटेर बोलाएको छु ।कार्यालय प्रमुख डिई ललित चौधरीले बताए ।
दुइ पटक म्याद थप भैसकेको छ, मैले पटकपटक टेलीफोन गरेर बोलाउदा समेत ठेकेदारले फोन नउठाएको उनलेे बताए ।जुन गतिले काम हुनुपर्ने हो सो अनुसार काम भएको छैन ।उनले भने ।
अब अन्तिम पटक म्याद थप भएको मितिले २०८२ असार मसान्तसम्म काम सक्नु पर्ने भएकोले हामीले कडाइ गरीरहेका छौ ।डिई चौधरीले भने ।अब पनि निर्धारित समयमा काम सक्ने गरि काम नभएमा कानुन बमोजिम निर्माण ब्याबसायीलाई कार्बाही गरिने उनले बताए ।
ठेकेदारले काम छोडेर भागेको उजुरी आए पछी जिल्ला समन्वय प्रमुख सहितको टोलिले दुई दिन अघि उक्त सडकको अनुगमन गरेको थियो ।समन्वय प्रमुख गौर बहादुर बिश्वकर्मा सहितको अनुगमन टोलि निर्माण क्षेत्रमा पुग्दा निर्माणको काम नभएको पाईए पछी संबंधित कार्यालय प्रमुखलाई काम अघि बढाउन निर्देश दिएका थिए ।
म आफै अनुगमनमा गएको थिए, काम बन्द थियो । कुरा बुझ्ने क्रममा ठेकेदारले काम छोडेर हिडेको भन्ने सुन्नमा आएको प्रमुख बिश्वकर्माले बताए ।जति काम भएको थियोे , त्यो पनि संतोषजनक थिएन ।उनले भने ।
उनको कार्यालयबाट कडाइ नभएकोले सडक निर्माणको कामले गति लिन नसकेको बताए ।निर्माण स्थानमा संबंधित साइड इन्चार्ज समेत भेटिएन , पछी कार्यालय प्रमुखबाट सडक निर्माण बारे जानकारी लिनु परेको थियो ।उनले भने ।
सुस्त गतिले अघि बढेको उक्त सडक निर्माणको काममा अहिले सम्म निर्माण ब्याबसायीले ४५ प्रतिशत रकम भुक्तानी पाईसकेको डिइ चौधरीले बताए ।