२३ पुस, उदयपुर॥
त्रियुगा नगरपालिका वडा नम्वर ७ कि १०४ बर्षीया महिला सम्मानित भएकी छिन् । वडाकै सबै भन्दा बढी उमेरकी सुनमाया माझीलाई मंगलबार सम्मान गरिएको हो ।
वडा कार्यालयमा दिउसो आयोजित एक कार्यक्रममा वडा अध्यक्ष अमर बहादुर दनुवारले माझीलाई दोसल्ला वढाएर सम्मान गरेका हुन । उनले माझीलाई नगद रुपैया समेत दिएका छ्न । लामो समय जिवित रहन सफल माझीलाई जेष्ठ नागरिकको हैसियतमा सम्मान गरिएको वडा अध्यक्ष दनुवारले बताए ।
यति धेरै उमेरमा समेत निरोगी रहेर बाच्न सफल माझीको दीर्घ आयुको लागि संमान गरिएको उनले बताए । उनले माझी जिल्ला कै सबैभन्दा बढी उमेरको हुन सक्ने बताए ।
यहाँ कमेन्ट गर्नुहोस्