उदयपुर
पौष १७, २०८१
आज बटा विभिन्न सेवा सहित अडरमी अनलाईन होम सर्विस संचालनमा आएको छ। होटल टाउन हल एण्ड पार्टि प्यालेस गाईघाटमा एक विशेष कार्यक्रमको आयोजना गर्द यसको उद्घाटन गरिएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत, त्रियुगा नगरपालिका रोजगार शाखाका शाखा प्रमुख निशा घले, सलिको इन्स्योरेन्सका शाखा प्रमुख डिवि कटुवाल लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
यस अनलाईनमा सेवाग्राहीले चिकित्सक देखी मिस्त्री सम्मका सेवा प्राप्त गर्न सक्ने ,कलाकार तथा अर्डरमीका कार्यकारी निर्देशक मिथुन ठाकुरले बताएका छन् । www.orderme.com.np मार्फत सेवा दिइने यस अर्डरमीले सेवा दिने र लिने विचको पुलको काम गर्ने जहाँ सेवा लिनका लागि डाइरेक्ट कलिङ सिस्टमको प्रयोग गरिएको छ जस्ले गर्दा सेवा प्रदायक संस्था वा व्यक्तिको ल्याण्डलाईन वा सामान्य वार फोनबाट पनि सम्पर्कमा आई सेवा दिन सक्ने निर्देशक ठाकुरले बताएका छन् । हाल अर्डरमीले ३५ वटा विधामा सेवा दिने र चाडै ५० वटा विधामा विस्तार गर्ने उनको भनाई रहेको छ।
अर्डरमीले सेवा प्रदायक र सेवा ग्राही संग शुन्य प्रतिशत कमिसनमा काम गर्ने र सेवा प्रदायकलाई वार्षिक रजिश्ट्रेशन गरे वापत दुर्घटना विमा समेत गरिदिने निर्देशक ठाकुरले बताएका छन।
कार्यक्रममा भनाई राख्दै नगर प्रमुखले स्थानिय स्तरमा प्रशिक्षण लिएर पनि काम नपाएर घरमा बसेका व्यक्तिहरुलाई अर्डरमीको प्रयोगले रोजगारीको अवसर श्रृजनाहुनेमा आफु विश्वस्त रहेको र यसका लागि नगरले सहकार्य गर्ने भनि प्रतिबद्धता समेत जाहेर गरेका थिए।
अर्डरमीमा सेवाग्राहीले लग इन गर्न नपर्ने र यसमा सेवा प्रदायकको उमेर १८ वर्ष पुगेको हुनु पर्ने संचालकको भनाई रहेको छ।