एनपीएल : चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

अमुर्त

काठमाडौँ ,
२१ मंसिर २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा १३० रन बनायो।

चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।

बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्