०९ असार काठमाण्डौ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गर्नुभएको छ ।
संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई माओवादीको सिट संख्या जादुवाला रहेको लाग्नुलाई अस्वभाविक मान्न नसकिने भन्दै अहिलेको अवस्था हेर्दा प्रधानमन्त्रीको अभिव्यक्तिमा केहि सत्यता नै रहेको बताउनुभएको हो । अहिलको सरकार पुरा अवधि चल्ने र कसैले भत्काउन नसक्ने उहाको भनाइ छ ।
यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुहरुसंग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने बताउनुभएको थियो । उहाले एमालेका लागी प्रधानमन्त्री र मन्त्री वा सत्ता ठूलो कुरा नभएको जिकिर गर्नुभयो । बर्तौलाले कांग्रेसले भनेजस्तो प्रधानमन्त्री कमजोर नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड कै नेतृत्वमा मुलुकलाई अघि बढाउने र सवै मन्त्रीहरुले साथ दिने जिकिर गर्नुभयो ।
उहाले सरकारले राम्रोसंग काम गर्ने सामथ्र्य राखेका कारण कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको टिप्पणी गर्नुभयो ।