नटेर्ने मन्त्री फेर्न नसके डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव

०९ असार काठमाण्डौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको शुन्य समयमा थापाले संसदीय व्यवस्थामा आफुलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटारबाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । उहाले स्थानीय तहलाई दिइने समानीकरण अनुदान घटाउने सरकारको तयारी उचित नभएको बताउनुभयो ।

वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्ने संघको अनुदान कटौती गर्ने कदम स्वीकार्य नरहेको उहाको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्