गोप्य निर्णय कसरी भयो सार्वजनिक (निर्णय सहित)

०२ असार उदयपुर । उदयपुरको त्रियुगा नगर शिक्षा शाखाले गरेको गोप्य निर्णय सामाजिक सन्जालहरुमा सार्वजनिक भएको छ । सार्वजनिक भएकोे निर्णयहरु शिक्षक सरुवा, दरबन्दी मिलान र बिद्यालय घटुवा सम्बन्धिको रहेको छ ।

निर्णय सार्वजनिक हुनुमा शिक्षक सरुवा र दरबन्दी मिलानको क्रममा संकलन भएको ठूलो रकम हुनसक्ने अनुमान गरिएको छ । शिक्षक सरुवा र दरबन्दी मिलानको नाममा नगर शिक्षा समितिले मोटो रकम उठाउने गरेको गुनासो आउन थालेको छ ।

सो रकमको भागबन्डामा कुरा नमिलेपछि निर्णय सार्वजनिक भएको धेरैको अनुमान रहेको छ । शिक्षा शाखाले गरेको जुनसुकै निर्णयहरुलाई कार्यपालिकाको बैठकले अनुमोदन गर्नुपर्ने कानुनी प्राबधान रहेको छ ।

तर, अनुमोदनै नगरी सामाजिक सन्जाल मार्फत निर्णय सार्वजनिक भएको छ । नगर शिक्षा समितिको सदस्य रहेको पेशागत संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेको सार्वजनिक भएको निर्णय पुस्तिकामा पाईदैन ।

पेशागत संगठनहरु मध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र निकटका शिक्षक संगठनहरु रहने छ ।

यहाँ कमेन्ट गर्नुहोस्