दाजुभाई समुहद्वारा पुन: आज ४६ विपन्न परिवारलाई राहत वितरण

२२ जेठ उदयपुर। दाजुभाई समहुले कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले समस्यामा परेका विपन्न र श्रमिक परिवारहरुलाई पुन: आज राहत वितरण गरेको छ ।
दैनिक मजदुरी गरेर परिवार धान्ने ४६ घर परिवारलाई प्रति परिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले आवस्यक खाद्य सामाग्री वितरण गरिएको दाजुभाई समुह का नेपाल प्रतिनिधि सदस्य सरोज श्रेष्ठले बताउनु भयो ।

सम्बन्ध हाम्रो सबैभन्दा राम्रो सामाजिक कार्यलाई अगाडी बढाउने उत्तरदायित्व हाम्रो’ भन्ने नारा सहित त्रियुगा नगरपालिका वडा नम्बर १० को ५ वटा टोल विकासका ३६ घर परिवार र त्रियुगा नगरपालिका वडा नम्बर १६ बेल्दोभानका १० घर परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको सदस्य श्रेष्ठले बताए ।

बिपद्को समयमा सहयोग गर्नु मानवीय धर्म पनि भएकाले बैदेशिक रोजगारी दोहामा कार्यरत संदिप भट्टराई नेतृत्वको युवा समुह र अल्जावेर कम्पन्नि दोहा कतारमा स्काफोलिगं समुहमा कार्यरत युवाहरुको सहयोगमा दाजुभाई समुहले राहत प्रदान गरेका हो। बिदेशबाट पठाएको सहयोगलाई तल्लो विपन्न बर्ग सम्म पुर्याउन सहयोग गर्ने नेपाल स्थित दाजुभाई सहुका सवै सदस्यहरुलाई धन्यवाद दिदै  सरकारले बिपन्नलाई राहतमा ढिलाई गरेपछि युवाहरुले आफ्नै खर्चमा राहत वितरण गरेको संयोजक भट्टराईले बताए ।

बिपद्को विकराल परिस्थितिमा जोखिम कार्यलार्य ध्यान दिदै रोग र भोग दुबै मानव जीवनको चौनौतिलाई सामना गर्न केही सहयोग पुगोस भनेर श्रमिकहरुलाई थोरै भए पनि राहत उपलब्ध गराएको दाजुभाई समुह का नेपाल प्रतिनिधि सदस्य सरोज श्रेष्ठले जानकारी दिदै निषेद्याज्ञाको विषम परिस्थितिमा दैनिक ज्यालादारी आश्रीत श्रमिकहरुको पिडालाई ध्यान दिन सरकार लगायत सम्बन्धित पक्षको ध्यानकार्षण समेत गराए ।

यो पनि पढ्नुहोस ।

दाजु भाई समुहद्वारा ८१ विपन्न परिवारलाई राहत वितरण

 

यहाँ कमेन्ट गर्नुहोस्