धनकुटा अस्पतालमा र होम आईशोलेसनमा पुगी संक्रमितहरुको अवस्थाको वारेमा जानकारी दिदै

२२ जेठ धनकुटा । कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा रहेका कोरोना संक्रमितहरु व्यवसायीहरु लगायत अन्य संक्रमितहरुको वारेमा र धनकुटा बजार क्षेत्रका होम आईशोलेसनमा उपचार गराईरहनु भएका विरामीहरुको अवस्थाको वारेमा धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई आज भेटघाट गरी जनकारी लिनु भयो ।

नेपाली कांग्रेस धनकुटाका सचिव समेत रहनु भएका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईले धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा उपचार गराईरहनु भएका विरामीहरुको अवस्थाको वारेमा धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मालगायत स्वास्थ्यकर्मीहरु र विरामीका कुरुवाहरुसंग भेटघाट गरी जानकारी लिनु भयो ।

धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा ११ जना र कोभिड अस्पताल धनकुटा औद्योगिक ग्राममा ७ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको र एक जनाको अवस्था जटिल रहेको धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले वताउनु भयो । धनकुटा बजार क्षेत्रमा होम आईशोलेसनमा वसी उपचारत व्यवसायी लगायत अन्य विरामीहरुसंग पनि घर घरमा गई स्वास्थ्य अवस्थाको वारेमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले जानकारी लिनु भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईले कोरोना संक्रमित विरामीहरु र विरामीहरका आफन्तहरुसंग कोरनो भाईरस संगको युद्धमा उच्च मनोबलका साथ लडाई लड्न समेत अनुरोध गर्दै उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष राईले होम आईशोलेशनमा रहनु भएका संक्रमित विरामीहरुलाई केही मास्क तथा सेनिटाईजर प्रदान गर्नु भएको थियो ।

धनकुटा अस्पतालको कोभिड आकस्किम कक्ष र कोभिड अस्पताल धनकुटा,आईशोलेसन सेन्टर धनकुटाबाट १ सय ६ जना संक्रमित विरामीहरु उपचार गरी घर फर्किसकेका छन भने १८ जनाले अहिले उपचार गरीरहेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्