प्रभावकारि ढंगले सेवा सुबिधा दिन नसक्दा ब्यबस्थामाथी नै प्रहार हुन थालेको छ : सभामुख घिमिरे

अमुर्त अनलाइन । बिहिबार,

गाईघाट

३  फागुन  ।

सभामुख देबराज घिमिरेले जनताले अपेक्षा गरे अनुरुप राज्यले सेवा सुबिधा प्रभावकारी ढंगले दिन नसक्दा अहिले ब्यबस्था माथीनै  प्रहार हुन थालेको  बताएकाछ्न ।

त्रियुगा नगरपालिका ६ जलजलेमा गम्भीर साहित्य प्रतिस्ठान द्वारा बिहिवार आयोजित गम्भीर बहादुरको सालिक अनावरण गर्दै सभामुख घिमिरेले अब संघीय गणतन्त्रको रक्षाको लागि परिवर्तनकारी शक्ति बीचमा सहमति र सहकार्य गरेर अघि बढनुपर्ने बताए ।

उनले  आर्थिक , सामाजिक , राजनीतिक र न्याय क्षेत्र सुधार हुन नसकेको कारण जनतामा बिरोधका स्वरहरु उठन थालेको बताए ।अहिले युवा पुस्ता बिदेश पलायन हुने क्रम बढी रहेको उल्लेख गर्दै उनले सरकारले नया उद्योग धन्दा स्थापना गरेर रोजगारी सृजना गरेर बिदेश पलायन रोक्नु पर्ने बताए ।

सभामुख घिमिरेले सो अबसरमा नेपाल सरकार द्वारा जारी गम्भीर बहादुर थापाको दुईवटा  फरक  फरक तस्बिरको रुपैया १० को हुलाक टिकटमा टाचा लगाएका छ्न ।

कार्यक्रम बि . स . २००७ सालको एतिहासिक जनक्रान्तिका योद्धा तथा जनकबि स्व गम्भीर बहादुर थापाको सतबाषिैकिको अबसर  पारेर आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष शंकर थापाले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्