अमुर्त अनलाइन ,
१५ माघ ।नेपाली कांग्रेस उदयपुरले मंगलबारदेखी समुदायसँग कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । देशैभर संञ्चालन हुने उक्त कार्यक्रम उदयपुरमा पनि आज देखी कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्दै कांग्रेस उदयपुरले २६ गतेसम्म अभियान सञ्चालन गरिने नेपाली कांग्रेसका जिल्ला कार्य समितिका सभापति हिमाल कार्कीले जानकारी दिएका हुन ।
उक्त कार्यक्रममा बिशेश अथितीमा संघीय संसद मा. डा. सुनिल शर्मा रहेको हुन । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रको भ्रमण गर्ने लक्ष्य लिएका सांसद डा. सुनिल कुमार शर्मा हिजो उदयपुर गाइघाट आइपुगेका हुन ।
पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका उनले जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै राजनीतिप्रति वितृष्णा जागेर जनतामा निराशा छाएको बेला आशाका किरणहरु पलाउन थालेको उनको भनाइ छ ।
नेपाली कांग्रेसलाई मजबुत र समुदायमा विश्वाशीलो बनाउने उदेश्यका साथ अभियान संचालन गर्न लागिएको पार्टीले जनाएको हो । भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधीको रुपमा आएकी सुशिला ढकालले कांग्रेसले जे गरेपनि जनताका लागी गरेको र जनताको लागी गर्ने बताईन् । ०८४ मा कांग्रेसलाई नै भोट दिन पुर्छ भन्ने गन्तव्यमा पुर्याउनुका लागी सामाजिक, आर्थिक, राजनितिक, औद्योगिक र कृषी क्राक्ति गर्नका निम्ति यो अभियान सञ्चालन गरिएको उनले बताए ।
नेपाली युवालाई बिदेश नपठाई औद्योगिक हिसाबले नेपालमा बसाएर काम गर्न सकिने उनले बताए । युवाहरुलाई टोल र गाउँमा औद्योगिक र कृषी आन्दोलका रुपमा मिल, सिलाई मिसिन, कल कारखाना यस्ता थुप्रै सम्भावनालाई सिर्जनाका रुपमा ल्याउनलाई संचालित गराउनु पर्ने उनले बताए ।