वीरगंजमा निषेधाज्ञा उल्लंघन आरोपमा प्रहरीद्वारा ५ जना पक्राउ

वैसाख ३१ वीरगंज___ पर्साको वीरगंजमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा वीरगंज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साहलाई पक्राउ गरि मुद्धा चलाईएको हो ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्