पौष २२ काठमाण्डौं ___निर्वाचन आयोगले आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि सातै प्रदेशका मतदाताको संख्या र मतभार सार्वजनिक गरेको छ । प्रदेश सभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा आयोगले आइतवार सातवटै प्रदेशका मतदाता र मतभार सार्वजनिक गरेका हो ।
निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतवार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन भएको आयोगले जनाएको छ ।राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सभा सदस्यको प्रतिसांसद मतभार ५३, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका प्रतिमतदाता मतभार १९ रहेको छ ।आगामी माघ ११ गते १९ सिटका लागि यिनै मतदाता गर्ने निर्वाचनको मतभारबाट निर्वाचन परिणाम आउनेछ ।
कोशीमा ३६७ मतदाता, १०१३५ मतभार
प्रकाशित नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता संख्या ९३ छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या २७४ छ । यी दुवैतर्फ गरी कोशीमा जम्मा ३६७ जना मतदाता कायम भएको आयोगले जनाएको छ । कोशीमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ रहेको छ । दुवैको गरी कोशीमा जम्मा १०१३५ मतभार रहेको आयोगले जनाएको छ ।
मधेसमा ३७४ मतदाता, १०७४४ मतभार
मधेश प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ रहेको छ । निर्वाचनमा दुवैको गरी ३७४ जना मतदाता रहेका छन् । मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५०७३ मतभार छ । यी दुवैको गरी मधेसमा जम्मा १०७४४ मतभार रहेको छ ।
बागमतीमा ३४७ मतदाता, १०३३३ मतभार
बागमती प्रदेशमा प्रदेश सभा सदस्यतर्फको ११० मतदाता छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाताको संख्या २३७ छ । दुवैमा गरी बागमतीमा ३४७ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ छ । जसको जम्मा मतभार १०३३३ रहेको आयोगले जनाएको छ ।
गण्डकीमा २३० मतदाता, ६४१० मतभार
गण्डकी प्रदेशमामा प्रदेश सभा सदस्य ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता संख्या १७० छ । जहाँ कुल मतदाता २३० जना छन् । गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० छ । जसको कुल मतभार ६४१० छ ।
लुम्बिनीमा मतदाता ३०५, मतभार ८७५३
लुम्बिनीमा प्रदेश सभा सदस्य तर्फको ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फका मतदाता २१८ जना छन् । जसमा कुल मतदाताको संख्या ३०५ रहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ रहेको छ । जसमा जम्मा ८७५३ मतभार कायम छ ।
कर्णालीमा १९६ मतदाता, ५०८४ मतभार
कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ मतदाता ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता १५६ जना छन् । जसको कुल संख्या १९६ जनाको छ । यो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ रहेको छ । जसको कुल मतभार ५०८४ छ ।
सुदूरपश्चिममा २२८ मतदाता, ६१०० मतभार
सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ रहेको छ । जसको कुल संख्या २२८ छ । प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार ३३४४ रहेको जसको जम्मा ६१०० मतभार रहेको छ ।