नेपालको पूर्वी तथा मध्य भागमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव

असोज २२ काठमाण्डौं ___ हाल बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सोमबारसम्म यस वर्षको मनसुन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू-भागबाट पनि बाहिरिसकेको छ ।सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट भने मनसुन यसअघि नै बाहिरिसकेको थियो । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्