कोशी प्रदेशमा आर्थिक अध्यादेश तथा विनियोजन अध्यादेश जारी

भाद्र २४ विराटनगर ___ कोशी प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक अध्यादेश तथा विनियोजन अध्यादेश जारी भएको छ। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयका अनुसार आइतबारबाट बजेट ‘होलीडे’ सकिएको हो। प्रदेश कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट सिफारिस भएअनुसार आइतबारबाट बजेट अध्यादेश जारी भएको हो।

शुक्रबार मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको थियो। गत जेष्ठ ३२ गते तत्कालीन मुख्यमन्त्री कार्कीले अध्यादेशबाट बजेट ल्याएका थिए। तर उनको सरकार अल्पमतमा परेपछि बजेट अन्योलको अवस्थामा रहेको थियो।

अध्यादेशलाई भदौ १० गतेभित्र सभाबाट पारित गर्नुपर्ने प्रावधान रहेपनि निर्धारित मितिभित्र अध्यादेश पास नहुँदा प्रदेशको बजेट शून्य अवस्थामा पुगेको थियो। कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट अध्यादेशमार्फत् ल्याएका थिए। जसको चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख र पूँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्