भाद्र १६ काठमाडौँ__ मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। बंगालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोकाले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। साथै, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्