![](https://www.amurtaonline.com/wp-content/uploads/2023/08/dharan-andolan-2_zXjl6uxC1r.jpg)
भाद्र ९ वीरगंज___ काठमाडौं र स्वधर्मको रक्षाको आह्वान गर्दै शनिबार धरानबाहिर शान्तिपूर्ण र्याली गरिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्किएको र्यालीमा हजारौं सहभागी छन् । उनीहरुले हिन्दु सनातनीहरुले पूजा गर्ने गाई तथा गोरुको हत्या, मन्दिर अगाडि चर्च निर्माण, विदेशी लगानीमा भइरहेको धर्मान्तरको विरोध गरेका थिए । इटहरीबाट निस्केको र्याली तरहराको पानीपियासम्म पुगेको थियो ।
धरानमा र्याली गर्दा क्रिश्चियन धर्म मान्नेहरुसँग झडप भई हिंसात्मक रुप लिनसक्ने संभावना बढेपछि सुनसरी प्रशासनले गएरातिदेखि निषेधाज्ञा जारी गरेको छ । र्यालीमा सहभागीहरुले निषेधाज्ञा लगाइएको ठाउँ बाहिर कार्यक्रम गरेका हुन् । धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।
र्यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारा लगाएका थिए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले गाई तथा गोरु काटेर खान पाउनुपर्नेहरुलाई निरुत्साहित गर्नुपर्नेमा सामाजिक सदभाव विगार्नेगरी उनीहरुलाई प्रशय दिने, मन्दिर अगाडि चर्चा निर्माण गर्न दिने, साम्प्रदायिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा उग्र अभिव्यक्तिहरु पोष्ट गर्ने काम गरेको आरोप लगाइएको छ ।