छोरी बलात्कार गर्ने बुवा पक्राउ

२१ जेठ उदयपुर । कटारी नगरपालिका वडा न. १ मा १५ बर्षिया छोरी बलात्कार पछि फरार रहेका बुवा २४ घण्टा नवित्दै पक्राउ परेका छन । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना लगतै खोजतलासको क्रममा अभियुक्तलाई प्रकाउ गरिएको हो ।

सूचना पाए संगै  ईलाका प्रहरी कार्यलय कटारी र बेलसोत प्रहरी चौकीको बिशेष टोलीले कटारी नगरपालिका वडा न. २ बाट अभियुक्तलाई पक्राउ गरिएको डिसपी हेमन्त भण्डारीले बताए ।

घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् । बलात्कार पछि पनि आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्