कोशीमा जसपा सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउदै

साउन २६ विराटनगर__ जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। लिम्बूलाई आजै स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्धव थापाले बताए। मुख्यमन्त्री थापाका अनुसार लिम्बूको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ।

पछिल्लो समय नामकरणको विषयमा भएको आन्दोलनलाई सम्बोधन नगरे सरकारमा नजाने जसपाको निर्णय थियो। मुख्यमन्त्री थापाले प्रदेशको नामकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुन तयार भएको हो।

यहाँ कमेन्ट गर्नुहोस्