गौर घटनाको योजनाकार बारे ध्यानकर्षण गराउन संघर्ष समिति गठन

राकेश यादव

साउन  ७ रौतहट ___ रौतहट जिल्लाको चर्चित घटना गौर हत्याकाण्डको योजना बुनने योजनाकार र त्यस पछाडिको घटना क्रमलाइ ध्यानकर्षण गराउनको लागि २१ सदस्य सर्वदलीय सर्वपक्षीय संघर्ष समिति गठन गरिएको छ । उपचुनावको बेला निर्वाचन आयोगमा दर्ता भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले २०६३ साल चैत्र ७ गते गौर राइस मिलको मैदानमा भएको झड़पमा मृत्यु भएको २७ जना माओवादी कार्यकर्त्ताको हत्याको आरोप लागेका माथि कार्यवाही गर्नु पर्ने मांग राख्दै प्रदर्शन गरेपछि ६ राजनितिक दलका जिल्ला स्तरीय नेताको आइतवार बसेको सर्वदलीय बैठकबाट पूर्व प्रदेश सांसद राम किशोर यादवको संयोजकत्वमा २१ सदस्य संघर्ष समिति गठन गरिएको हो ।

संघर्ष समितिले गौर राइस मिलको मैदानमा तत्कालीन मधेशी जनाधिकार फोरम नेपालले जारी रहेको मधेश आन्दोलनको बारेमा जानकारी गराउन आयोजना गरिएको आम सभालाइ विथोल्नका लागि नेकपा माओवादीले बलपूर्वक कार्यक्रम गरी दोहोरो झड़प गराउन बनाएको योजना बारे जानकारी गराउन श्रावण ९ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको संघर्ष समितिका प्रवक्ता रामेश्वर प्रसाद यादवले जानकारी दिएका छ ।

गठन गरिएको संघर्ष समितिमा सुनील कुमार यादव सभापति नेपाली कांग्रेस , रामचंद्र गिरी सचिव नेपाली कांग्रेस , बिरेन्द्र पान्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव जसपा , अशोक कुमारी सिंह केंद्रीय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस, अवधेश प्रसाद यादव नेकपा एकीकृत समाजवादी ,ब्रिज किशोर यादव नेकपा एकीकृत समाजवादी ,रेवन्त झा नेकपा एस , रामेश्वर प्रसाद यादव , जसपा, बाबूलाल साह कानू पूर्व प्रदेश सांसद लोसपा , अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली कांग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्षनेपली कांग्रेस राजदेवी नपा , शंकर राय यादव रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गौर घटना गराउने मुख्य योजनाकार आम जनता पार्टीको केंद्रीय अध्यक्ष प्रभु साह रहेको ठहर संघर्ष समितिको रहेको छ । मधेशमा बसोवास गर्ने आदिबासी ,जनजाति ,दलित ,मुस्लिम ,मधेशी ,थारू ,अल्पसंख्यक ,पिछडिएको बर्ग समुदायको अधिकारको लागि फोरम नेपालले घोषणा गरेको मधेश आन्दोलनलाइ कमजोर पर्ने योजना अनुरूप माओवादीले नेपालगंजमा फोरमको कार्यक्रममा हमला गरेको थियो । माओवादीका वर्गीय संगठन मधेशी मुक्ति मोर्चाको संयोजकको रुपमा रहेका प्रभु साह र जनसरकार प्रमुखको रुपमा रहेका विंदेश्वर यादवले घटना हुनु भन्दा ५ दिन पहिला गौरमा पूर्व नगरप्रमुख अजय कुमार गुप्ता , बाबूलाल साह , शम्भू साह लगायतका व्यक्ति माथि आक्रमण गरेका थिए ।

फोरम नेपालको कार्यक्रम तय भएको दिन आफ्नो कार्यक्रम राखेर निहु खोजने , व्यापारी ,कर्मचारीलाइ धम्क्याउने गरेको कार्यबाट आक्रांत भएको सर्वसाधारणले गौर राइस मिलको मैदानमा माओवादी कार्यकर्त्ता माथि आक्रमण गरेका थिए । २०६३ साल चैत्र ६ गते बाहिर जिल्लाबाट माओवादी कार्यकर्त्ता ल्याएर रामजानकी धर्मशाला गौरमा राखेका प्रभु साहलाइ स्थानीय प्रशासनले पहिला देखि फोरमको कार्यक्रम तय रहेकोले सो ठाउमाँ कार्यक्रम आयोजना नगर्नु आग्रह गर्दा पनि बलपुरक कार्यक्रम गरेको र फोरमको जुलुस माथि आक्रमण गर्न लगाएको कारन गौर राइस मिलको घटना घटेको पूर्व प्रदेश सांसद बाबू लाल साहले बताए ।
गौर घटना राजनितिक विषय र अत्याचारको विरुद्धको भएकोले त्यसलाई उछालेर पुनः जिल्लामा द्वन्द गराउन प्रभु साहको योजना भएको आरोप साहको रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्