साउन ४ काठमाडौँ ___ चलचित्र विकाश बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका चलचित्रहरूको आधिकारिक कमाइ सार्वजनिक गरेको हो । बोर्डले बिहीबार नेपाली र विदेशी चलचित्रको आधिकारिक कमाइ सार्वजनिक गरेको हो । बोर्डको तथ्याङ्कअनुसार २०७९/८० मा छक्का पन्जा ४ ले सर्वाधिक १७ करोड ५२ लाख ९९ हजार रूपैयाँ कमाएको छ ।
यो चलचित्रको ६ लाख २९ हजार टिकट बिक्री भएको बोर्डले जनाएको छ । त्यस्तै धेरै कमाउने दोस्रोमा जारी रहेको छ । जारीले १७ करोड, १७ लाख ९५ हजार कमाएको छ भने ६ लाख १९ हजार टिकट बिक्री भएको छ । त्यस्तै धेरै कमाउने तेस्रो स्थानमा भने प्रेम गीत ३ रहेको छ । यो चलचित्रले ७ करोड ३७ लाख ३५ हजार कमाउँदा २ लाख ६९ हजार टिकट बेचेको छ । त्यस्तै चौथो स्थानमा रहेको महापुरुषले ७ करोड ३८ लाख ९१ हजार र पाँचौँ स्थानमा रहेको दुई नम्बरीले ३ करोड ८४ लाख ७५ हजार कमाइ गरेका छन् ।
विदेशी फिल्मतर्फ भने ‘पठान’ ले सबैभन्दा धेरै कमाइ गरेको छ । पठानले १३ करोड २८ लाख कमाइ गरेको छ । पठानको ४ लाख ३७ हजार टिकट बिकेका छन् । विदेशी चलचित्रतर्फ अवतारः द वे अफ अवतार, व्रम्हास्त्र पार्ट वानः शिव, दृश्यम २ र उचाई क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै कमाउने चलचित्र बने ।