साउन ३ काठमाडौँ___ नेपालमा पहिलोपटक यौन र प्रजनन स्वास्थ्य अधिकार’ अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुने भएको छ । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एनएमएसएस)को आयोजनामा ३० भदौदेखि ३ असोजसम्म धुलिखेलमा कार्यक्रमको आयोजना हुने भएको हो । ५० देशको सहभागितासहित आइएफ एमएसए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एसआरएचआर) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष डा. नवीन गौतमले जानकारी दिए ।
सो समर स्कुलले ५० देशबाट आएका प्रतिनिधिलाई एसआरएचआर र त्यसका विभिन्न क्षेत्र’मा जानकारी आदान प्रदान गर्ने डा. गौतमको भनाइ छ । समर स्कुलले प्रजनन स्वास्थ्य, लैंगिक समानता र मानवीय अधिकारको विविध पक्ष’ समेत प्रकाश पार्ने जनाइएको छ ।कार्यक्रममा प्रतिनिधि व्याख्यान, कार्यशाला, र नेटवर्किङ कार्यक्रममा पनि सहभागी हुनेछन् । उनीहरूले स्थानीय स्वास्थ्य संस्थाको भ्रमण तथा नेपालमा एसआरएचआरको चुनौती र सम्भावना’bout समेत जान्ने अवसर पाउनेछन् ।
यो समर स्कुलले चिकित्सा छात्रलाई एसआरएचआर’ सिकाउने र विश्वभरका छात्रछात्रासँग नेटवर्किङ गर्ने अवसर प्राप्त गर्नेछन् । यसले नेपालमा एसआरएचआरको प्रगतिका लागि निकै मद्दत पुग्ने विश्वास गरिएको डा. गौतमले बताए । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिएको कार्यक्रम संयोजक डा. ऋचाश्री ढुंगानाले जानकारी दिइन् ।