भारतमा हुने लोकसभा निर्वाचनका लागि दलहरूले तयारी थाले

असार २४ एजेन्सी___ आगामी वर्ष सन् २०२४ मा भारतमा हुने लोकसभा निर्वाचनका लागि दलहरूले तयारी थालेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले चुनावलक्षित गरेर मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । लोकसभा चुनावमा सकारात्मक प्रभाव पार्ने गरी जातीय र क्षेत्रीय समीकरण मिलाएर मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । संसद्को मनसुन सत्रअघि नै मन्त्रीहरू हेरफेर हुनेछन् । मनसुन सत्र १७ जुलाइदेखि १० अगस्तसम्म चल्ने जनाइएको छ ।

यसैबीच भाजपा राष्ट्रिय अध्यक्ष जगतप्रकाश (जेपी) नड्डाले राष्ट्रिय कार्यसमितिमा फेरबदल गरेका छन् । आसन्न चुनावकेन्द्रित रहेर अध्यक्ष नड्डाले संगठनमा फेरबदल गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्