बलिउड अभिनेत्री जसका आफ्नै साइड बिजनेस छन्

असार २३ एजेन्सी___ बलिउड उद्योगमा अभिनेत्रीहरू अभिनय मात्र गर्दैनन्, बरु ती मध्ये धेरै बिजनेस बुमन पनि बनेका छन्। यी अभिनेत्रीहरूले आफ्ना व्यापार व्यवसायबाट करोडौँ कमाउने गर्दछन्। यो लिस्टमा कृति सेननदेखि लिएर अनुष्का शर्मासम्मको नाम समावेश छ।सुपरहिट फिल्महरूमा काम गरिसकेकी अभिनेत्री कृति सेननले हालै आफ्नी बहिनी नुपूरसँग मिलेर निर्माण कम्पनी सुरु गरेकी छन्। उनको यो प्रोडक्शन हाउसको नाम ब्लू बटरब्लाई फिल्म हो।

केही मिडिया रिपोर्टहरूका अनुसार, कृति सेननको यो प्रोडक्शन हाउसको सम्बन्ध सुशान्त सिंह राजपूतसँग पनि भएको बताइएको छ। कृतिले आफ्नो प्रोडक्शन हाउसको लन्चसँगै यही अन्तरगत बन्ने फिल्मको पनि घोषणा सामाजिक सञ्जालमार्फत गरिसकेकी छन्। उक्त फिल्मको नाम दो पत्ती रहेको छ र त्यसमा काजोलसँग पनि देखिएकी छन्। यो फिल्म नेटफ्ल्क्सिमा रिलिज हुनेछ।

त्यस्तै अर्की अभिनेत्री सुष्मिता सेन एक प्रतिभाशाली कलाकारका साथै ज्वेलरी (गरगहना) ब्रान्डकी मालिक पनि हुन्। यसका साथै सुष्मिता तन्त्रा एन्टरटेनमेन्ट प्रोडक्शन हाउसकी मालिक पनि हुन्। यसबाहेक उनका कैयौँ होटेल तथा रेस्टुरेन्ट पनि छन्। सन् २०२२ को फाइनान्सीयल एक्सप्रेसको रिपोर्टअनुसार सुष्मिता सेनको नेट वर्थ ७४ करोड रुपैयाँ रहेको थियो। अर्की अभिनेत्री अनुष्का शर्माले अभिनय बाहेक आफ्नै प्रोडक्शन हाउस पनि खोलेकी छन्। यसबाहेक उनको कपडाको ब्रान्ड पनि छ जसको नाम नुश हो।

अनुष्का शर्माको प्रोडक्शन कम्पनीले अमेजन तथा नेटफ्लिक्ससँग ४०० करोडको डील पनि गरेकी छन्। बलिउडसँगै हलिउड फिल्ममा समेत काम गरेकी दीपिका पादुकोणको पनि ब्लोदिंग ब्रान्ड अल अबाउट यू चलेको छ। यसबाहेक दीपिका द लिव लव लाफ फाउन्डेशनकी फाउन्डर समेत छन्। साथै हालै उनले ८२० ई नामक सौन्दर्य साम्रगीहरुको ब्रान्ड पनि लन्च गरेकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्