२० जेठ उदयपुर । कोरोना भाईरसको यो बिषम परिस्थितिमा संक्रमण जोखिम न्युनिकरणका लागि नेपाल कम्युनिस्ट पार्टीत्रियुगा नगर कमिटि(एमाले)-उदयपुरले मदन भण्डारी आँखा अस्पतालमा सञ्चालित कोभिड १९ आईसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कमिटि सदस्यहरुको सहयोगमा निर्मित कोभिड १९ विपत कोष मार्फत ३० थान खाली अक्सिजन सिलिण्डरलाई अक्सिजन भरी अस्पताललाई हस्तान्तरण गरेको नेकपा त्रियुगा नगर कमिटि(एमाले)-उदयपुरका अध्यक्ष सृजना दनवारले बताउनु भयो ।
कोरोनाको कहर खेपिरहेका त्रियुगा नगरबासीको स्वास्थ्य सुरक्षाका लागि त्रियुगा नगर कमिटि(एमाले)-उदयपुरले यस अघि वितरण गरे जस्तै छिटै नै वडा वडामा रहेको कोरोना संक्रमितकोलागी पनि सहयोगको प्याकेज ल्याउने अध्यक्ष दनवारले बताउनु भयो ।
कोरोनाको यो संकटमा कोभिड १९ विपत कोषमा सहयोग गर्ने कमिटि सदस्यहरुलाई धन्यबाद दिदै, अध्यक्ष दनवारले महामारीलाई परास्त गर्न सबै सतर्क हुन, स्वास्थ्य मापदण्ड अपनाउन र अझै केहीदिन घरभित्रै सुरक्षित बस्न जिल्लावासीमा आग्रह समेत गरेका छन् ।