नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट हेर्न नभ्याइनेमा

जेष्ठ ३० काठमाडौं___ सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा परेको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा राखिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए।

आज रिटमाथि बहस हुने मिति तोकिएपछि माइतीघरमा आन्दोलनरत नागरिकता पीडितससमेत इजलास पुगेका थिए। यसअघि सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो। यस्तै, १२ जेठमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारले गरेको निर्णय पनि झिकाउन आदेश दिएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्