जेष्ठ १४ काठमाडौं___ आर्थिक सर्वेक्षण ०७९/०८० को प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म करिब ३७ लाख नेपालीले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन्। उक्त प्रतिवेदन अर्थमन्त्री डा प्रकाश शरण महतले प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रस्तुत गरेका थिए।
‘आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा सामाजिक सरुक्षा भत्ता पाउने लाभ ग्राहीको सङ्ख्या ३६ लाख ८३ हजार ६ सय ५८ रहेको छ’, प्रतिवेदनमा उल्लेख छ। यस्तै सामाजिक सुरक्षामा अवद्ध नागरिकको सङ्ख्या र भत्ता दरमा वृद्धि हुँदै गएसँगै सरकारको सामाजिक सुरक्षा अन्तर्गतको व्ययभार समेत बढ्दै गएको उल्लेख गरिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्