जेष्ठ १३ काठमाण्डौं ___सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत ५ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसलगत्तै संसदको दुवै सदनमा यस विषयमा दफावार छलफल भएको थियो।
राष्ट्रिय सभाबाट भने ९ जेठमै सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। त्यस्तै सत्तारुढ दलले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिइएको थियो भने प्रतिपक्षी दलले गराएको संशोधन प्रस्ताव बुहमतले अस्विकृत भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक भोलि १ बजे बस्नेछ।
यहाँ कमेन्ट गर्नुहोस्