सिके राउत र भाजपा बिदेश प्रमुखबीच भेटवार्ता

जेष्ठ १३ काठमाण्डौं ___जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए। अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुखबीच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ ।

सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्