२० जेठ काठमाण्डौं । नेकपा (एमाले)ले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन गरेको छ । आज कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गरी माधव नेपाल र झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ ।
पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले अनधिकृत व्यक्तिले बोलाएको बैठक एमाले केन्द्रीय कमिटीको बैठक नभएको र त्यस्तो क्रियाकलापको निन्दा एवं भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।,
नेपाल-खनालसमूह पक्षले आज आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएको छ। “पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडलाई पार्टीको विधान र मुलुकको कानून विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।”
यहाँ कमेन्ट गर्नुहोस्