वैशाख १९ एजेन्सी___यस वर्षको इदमा रिलिज भएको सलमान खानको फिल्म ‘किसीका भाइ किसी की जान’ सय करोड क्लबमा प्रवेश गरेको छ । दोस्रो आइतबार फिल्मले ४.३५ करोड कमाएको थियो । अहिले फिल्मको कुल कलेक्सन १००.२८ करोड भारु पुगेको छ । तर, सलमानका अघिल्ला फिल्मभन्दा यो निकै कम हो।
सलमानका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ती सबैले पहिलो हप्तामा १०० करोडभन्दा बढी कलेक्सन गरेका थिए । सन् २०२३ मा अहिलेसम्म १०० करोड भारु वा सोभन्दा बढी कलेक्सन गर्ने तीन वटा हिन्दी फिल्म छन् । सलमानका यसअघिका फिल्म ‘भारत’ले पहिलो हप्ताको अन्त्यसम्म करिब १८० करोड कमाइसकेको थियो ।
यसबाहेक ‘दबंग ३’ ले रिलिजको पहिलो सात दिनमा १२१ करोडभन्दा बढी कलेक्सन गरेको थियो । ‘रेस ३’ ले पनि पहिलो हप्तामा १४० करोडभन्दा बढी कमाएको थियो । ‘टाइगर जिन्दा हे’ले पहिलो हप्तामा २०६.०४ करोड भारु कमाएको थियो । ‘ट्युबलाइट’ जस्ता फ्लप फिल्मले पनि पहिलो हप्तामा १०६ करोड भारु कमाएको थियो ।