१९ जेठ धनकुटा । उद्योग बाणिज्य संघ धनकुटा र वितरक संघ हिले धनकुटाले आज हिलेबजारका आफ्ना पदाधिकारी र सदस्यहरु तथा कोरोना संक्रमित व्यावसायीको घर घरमा गई उहाहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएको छ ।
धनकुटा हिलेबजारका कोरोना संक्रमित व्यावसायीहरुको घर घरमा पुगी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वितरक संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष विक्रम प्रधान,उपाध्यक्ष सुन्दर आर्चाय,महासचिव डिजेश शाक्य,कोषाध्यक्ष बिपिन थापा, सदस्य उत्सव कटेल लगायतका व्यावासीहरुको टोलीले उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिएको थियो ।
सो क्रममा उहाहरुले कोराना संक्रमितहरु व्यावसायीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोना भाईरससंग उच्च मनोवलका साथ युद्ध लड्न अनुरोध गर्दै कोरोना भाईरस संग सवैको सहयोगमा सामहिक ढंगले लडाई लड्न जोड दिनु भयो ।
धनकुटा जिल्ला भरी गरी १ सय ६ जनाव्यवसायीहरु कोरोना संक्रमित भएकोमा कोरना आकस्मिक कक्ष धनकुटा अस्पतालामा ५ जनाको र कोरोना अस्पताल द्योगिक ग्राम धनकुटामा ६ जनाको र अन्य संक्रमित व्यवसायीहरु होम आईसुलेशन घरमानै चिकित्सकहरको परार्मशमा उपचार गराइरहनु भएको धनकुटा उद्योग बाणिज्य संघकाअध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।