आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाए : पौडेलले

१९ जेठ काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय र कृष्ण सिटौला पक्षकानेताहरुको बैठक बोलाएका छन्। बैठक भर्चुअलरुपमा बस्ने छ। आगामी १४ औं महाधिवशेनको विषय र क्रियाशील सदस्यता वितरणका विषयमा छलफल हुने एक नेताले बताए।

कांग्रेसको महाधिवेशन भदौ ७-१० का लागि निर्धारित छ, तर कोरोना महामारीका कारण महाधिवेशन प्रभावित बन्ने देखिएको छ। पौडेलले महाधिवेशनका विषयमा दुई विकल्प सार्दै, बैठकमा पौडेलले सारेका विकल्प र क्रियाशील सदस्यताको विषयमा छलफल केन्द्रीत रहनेछ ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्न पर्ने बाध्यता छ। तर पार्टी भित्र क्रियाशील सदस्यता लगायतका विषयमा विवाद रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्