बिन्ध्यबासिनी म्युजिक अवार्डको तेर्हौ संस्करण २०८० वैशाख २२ मा हुने

चैत्र १९ काठमाडौं ___  “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” पत्रकार नरेश भट्टराईलाई प्रदान गरिने भएकाे छ । मुक्तिनाथ बिकाश बैंक को प्रस्तुती रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड को तेर्हौ संस्करण २०८० वैशाख २२ हुने भएको छ । नेपाली संगीत क्षेत्रको श्रीबृद्धिका लागि बिगत २५ बर्षदेखि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले याे अवार्ड यस वर्ष पत्रकार भट्टराईलाई दिन निर्णय गरेकाे हाे ।२५ हजार धनराशीको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संगीत र श्रस्टाको प्रबर्द्धन र बिकासमा योगदान पुर्याएवापत पत्रकार भट्टराईलाई प्रदान गर्ने निर्णय भएकाे फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् ।

गत १३ बर्षदेखि बार्षिक रुपमा बिन्ध्यबासिनी म्युजिक अवार्ड गर्दै आइरहेकाे छ । श्रस्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भूमिका निभाएका पत्रकारहरुलाई पनि नेपाली संगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनी म्युजिक प्रालिले यो सम्मानको सुरुआत गरेको हो । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीत क्षेत्रको इतिहास मै पहिलो हो । यसअघि “बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता पुरस्कार”ले गीत संगीत बिटमा विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पनि बिन्ध्यबासिनी म्युजिकले पुरस्कृत गरेको थियो ।

बिक्रम सम्बत २०७० सालमा बिदुर गिरी, फूलमान बल, बिजय सुवेदी (आवाज), कृष्ण भट्टराई, अशोक प्यासी राई, लक्ष्मण सुवेदी, दीपक बिहिन, मन्दिरा ढुंगेल, नरेश भट्टराई, तुलसी गिरी “भावुक”, प्रदीप निरौला, युमाश शेर्पा, स्वीकृत नेपाल, सुरज श्रेष्ठ, लोक संचारकर्मी नेपाल संस्था र हेम सुवेदी पुरस्कृत भएका थिए । यसैगरी वि स २०७१ सालमा सुर्यकुमार क्षेत्री, राजाराम फुयाँल, शान्तिप्रिय, नवराज लम्साल, सविना कार्की, राज श्रेष्ठ, चन्द्रमणि गौतम, राजु बोहोरा, डब्बु क्षेत्री, गोबिन्द गिरी,अनन्त वाग्ले, डम्बर बहादुर बुढाथोकी, नविन दाहाल, श्यामस्मृत, राजन घिमिरे, रेमन दास श्रेष्ठ, सुब्रत आचार्य बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका थिए ।

यसका अलावा यो पुरस्कारबाट कला सुब्बा,बिदुर खतिवडा,आर.सी यादव, अजिता अधिकारी, मनोज पन्त, राम अबिरल, मोहन कुमार विष्ट , सुमन बैरागी, तुलसी बस्नेत, शारदा थापा, कृतन अधिकारी, प्रिया थापा, भूमिमा थापा, श्री गोबिन्द रोस्वारा, निमेष गौतम, सामिप्य राज तिमिल्सिना, सन्तोष भट्टराई, अनुषा पौडेल, आशेष अधिकारी, गीता अधिकारी, एम.पी सुब्बा, अमर ध्वज लामा, अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, रीता लिम्वु, बिजय नेपाल, अनिता खत्री, हरि बल्लभ नेपाल, केशब ढकाल, कृष्ण वलि, प्रकाश पौडेल, सपनी राई, शिवम कुमार शाह सम्मलाई बिन्थ्यबासिनी म्युजिक प्रालिले सम्मान गरिसकेको छ ।

“बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान” बाट हालसम्म सम्मानित व्यक्तित्वहरुको नामावली बिन्ध्यबासिनी फाउन्डेसनले उपलब्ध गराएको छ ।

कहिले कसले पाए ?

१. बिदुर गिरी बि.सं. २०७०
२. नवराज लम्साल बि.सं. २०७१
३. कृष्ण भट्टराई बि.सं. २०७२
४. सुमन खरेल बि.सं. २०७३
५. डब्बु क्षेत्री बि.सं. २०७४
६. रमण घिमिरे बि.सं. २०७५
७. राजेश खनाल बि.सं. २०७६
८. अनन्त वाग्ले बि.सं. २०७७
९. स्याम स्मृत बि.सं.२०७८

१०. बि.सं. २०७९ मा नरेश भट्टराई

यहाँ कमेन्ट गर्नुहोस्