जेष्ठ १८ वीरगंज__ पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर भणडारि पुल र औराहा सडकमा अहिले दिन दिनै दुर्घटना हुन थालेकोमा स्थानिय वासि चिन्तित बनेका छन । श्रीपुर भणडारि पुलबाट ठुलो सबारी साधन आवत जावतको समस्याबाट साइकल र मोटर साइकल पुलबाट तल झर्दा अहिले सम्म ४ जनाको मृत्यु भई सकेको छ । तर अहिले सम्म गाउँपालिका प्रमुख र वाडअध्यक्ष समेतले कुनै चासो दिएको छैन ।
यति मात्र होइन यो सड़क र पुलमा दुर्घटना हुँदा अहिले सम्म एक दर्जन भन्दा बढी मानिसको हात खुट्टा भांची सकेको छैन । यति मात्र होइन यो ठाउँमा दिन दिनै दुर्घटना बढी रहेकोले ठुला साना सवारी साधन समेतलाई आवतजावतमा समस्या भइरहेको स्थानीय प्रदीप चौधरीले बताउनु भयो ।
बाटो र पुलको समस्या समाधान गर्न पटकपटक तकेता गर्दा पनि गाउँपालिकाले कुनै किसिमको सुनवाई नगरेको स्थानीय युवा रामनाथ चौधरीले गुनासो गर्नु भयो । सखुवाप्रसौनी गाउँपालिकाको औराहा देखि जमुनिया जाने बाटोको स्थिती पानी पर्ने बीतिकै दैनिय बनेको छ ।
सो सड़क खण्डमा हिजोनै २ जना महिलाको हात भांचेको छ भने , प्रत्येक दिन ५ देखि १० वटा गाड़ी फ़सने र जन्ती आउने जानेको धेरै समस्या भएको स्थानिय बताउनु हुन्छ । स्थानिय जोगिन्र्द महतोको अनुसार वार्ड बाट बाटो मर्मतकोको लागि बजेट छुटयाइए पनि सखुवाप्रसौनी गाउँपालिकाले कार्य आदेश दिन आलटाल गरेको ४ महिना बिति सकेको छ । वर्षाको सीज़न सुरू भए पनि सो बाटो नबन्दा स्थानीय अहिले चिंतित बनेका छन ।