उपेन्द्र यादवलाई जसपा बाट निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

जेष्ठ १८ काठमाडौं__ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए ।

लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, जसपाका नेता केशबव झाले  बताए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्