कामै नगरी ओली सरकारले ऋण दोब्बर बनायो, खोपमा असफल भयो: कांग्रेस

१७ जेठ काठकाण्डौं । नेपाली कांग्रेसले  कुनै ठोस उपलब्धि नगरी केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली नागरिकमाथि प्रतिव्यक्ति ऋण बढाएको आरोप लगाएको छ ।

यो सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण रु ८०९ अर्ब रहेकोमा देखाउन लायक कुनै ठोस उपलब्धि बेगर नै त्यस्तो ऋण अहिले झण्डै दुई गुणाले बढेर १६ सय अर्ब पुग्न थालेको नेपाली कांग्रेसले जनाएको छ ।

‘प्रत्येक नागरिकमाथि परेको ऋणभार झण्डै ५५ हजार पुग्न थाल्यो । बहिर्गमनको बेला भईसक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै फिरेको छैन,’ कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, ‘जेठ १५ सम्म ८५९ अर्ब कूल खर्च गरेको, यो आर्थिक अन्त्य वर्षसम्म १२ सय ६५ अर्ब कूल खर्च हुने संशोधित अनुमान गर्ने सरकारले अर्को आर्थिक वर्ष यस्तो खर्च ३० प्रतिशतले खर्च बढाउने महत्वकांक्षी लक्ष्य राखेको छ।’

सरकारले योजना कार्यान्वयन गर्ने क्षमतामा वृद्धि नगरी आकाशका जुन तारा नै खसाल्न सक्छु भन्ने भ्रमको खेती गरेको उनले बताए।

‘अघिल्लो निर्वाचनमा झैं जनमत प्रभावित गर्ने भन्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट छ,’ प्रमुख प्रतिपक्षी दल कांग्रेसमा छायाँ अर्थमन्त्रीको भूमिकामा समेत रहेको रिजालले भने, ‘भौतिक उपलब्धिका लक्ष्य कुनै वास्तविकतामा आधारित छैन।’

उनले सरकार जनतालाई खोप लगाउने मामिलामा असफल भएको बताए।

यहाँ कमेन्ट गर्नुहोस्